सेयर बजार वियरिस ट्रेण्डमा , झण्डै ८९ अङ्कले घट्यो नेप्से



काठमाडौं । साताको पहिलो दिन नै सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै ८९ अङ्कले ओरालो लागेको छ । बजारले लगातार बियरिस टे«ण्ड पछ्याइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक ८८.७० अङ्कले ओरालो लागेर दुई हजार ३६१.२७ अङ्कमा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.१५ अङ्कले आरोलो लागेर ४५०.०८ अङ्कमा ओलिएको छ ।

नेप्से ओरालो लाग्दा कारोबार रकम समेत ओरालो लागेको छ । कूल २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ४४.५३, व्यापार १८९.२५, होटल तथा पर्यटन ८७.२६, विकास बैंक २८१.७९, जलविद्युत् १२४.९६, वित्त १००.२७, निर्जीवन बीमा ४९०.१२, उत्पादन १८६.६८, अन्य ६३.०४, लघुवित्त १७५.६३, जीवन बीमा ५०७.६१, सामूहिक लगानी कोष ०.२ र लगानी ३.१५ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा मञ्जुी फाइनान्स शीर्ष स्थानमा रह्यो । सो बैंकको ३१ करोड २८ लाख ८३ हजार १९१ बराबरको कारोबार भयो ।

यस्तै, नेशनल हाइड्रोपावर १३ करोड ६३ लाख ७९ हजार ८६७, नबिल बैंक ११ करोड ५९ लाख ५२२, महालक्ष्मी विकास बै.क ८ करोड २६ लाख १२ हजार ४५३ र अपि पावर कम्पनी ७ करोड ४ लाख ८३ हजार ८८० बराबरको कारोबार भयो ।

युनिलिभर नेपाल २, स्वाभिमान लघुवित्त २, नारायणी डेभलपमेन्ट बैंक १.४६,गुडविल फाइनान्सको डिवेञ्चर १.३५ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले १.१५ प्रतिशतले कमाए ।

नयाँ सारथी लघुवित्त १०, लक्षमी इक्विटी फण्ड ९.६२,जानकी फाइनान्स ९.१७,नेपाल हाइड्रो डेभलपर ९.०५ र समता घरेलु लघुवित्तको सेयर ८.९६ प्रतिशतले घट्यो ।


क्लिकमान्डु