सत्तामा पुगेपछि अहंकार, दम्भ आउने रहेछ, मलाई पनि त्यस्तै भयो: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो दल भएर सत्तामा पुगेपछि अहंकार, दम्भ हुने भएका कारण जनतासँगको सम्बन्ध कम भएको बताएका छन् ।

उनले आफु पनि पहिलो पटक सत्तमा पुग्दा यस्तै अंककार, दम्भ भएको स्वीकारेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा उनले यस्तो स्वीकारेमा हुन् । उनले आन्दोलनको समयमा गरेको प्रतिबद्धता सत्तामा पुगेपछि पुरा गर्न नसकेको स्वीकार गरे । सत्तामा पुगेपछि धर्ती छोडेजस्तो गर्ने गरेको स्वीकारे ।

सत्तमा पुगेपछि राजनीतिक दल आफ्नो प्रतिबद्धता पुरा गर्न नसक्ने गरेको, भ्रष्टाचार रोक्न नसकेको भन्दै यस्तो विषयमा खोज आवश्यक भएको बताए । यसमा सबैलाई बिचार गर्न आग्रह गरेका छन् । निरङकुशता, तानाशाहीका विरुद्धको लडाईमा एक भएको स्मरण गराएका छन् । अबको दिनमा कसैलाई पनि एक्लै नहिडन र सबैलाई एकताबद्ध भएर हिडन सुझाव दिए ।


क्लिकमान्डु