पूर्वराजालाई पार्टी खोलेर आउन माधव नेपालको चूनौती



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक दल खोलेर राजनीति गर्न वा व्यापार गर्न सुझाव दिएका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिने क्रममा यस्तो सुझाव दिएका हुन् । उनले अब पनि देशमा राजतन्त्र ल्याउने भनेर नसलबलाउन आग्रह गरे ।

उनले अब देशमा सामाजिक, आर्थिक रुपान्तरणको लागि काम गर्नुपर्ने बताए । देशलाई समुन्नत बनाउन कृषिमा यान्त्रिकरण आवश्यक रहेको बताए ।

शुभकामना दिने क्रममा उनले नेपाली जनताको मन जितेर सबै दलले काम गर्नुपर्ने धारणा राखे । अध्यक्ष नेपालले सुखी नेपाली समृद्ध नेपालको सपना पुरा हुने गरी महाधिवेशन सम्पन्न गर्न सुझाव दिए ।


क्लिकमान्डु