राष्ट्र बैंकमा ८३ जनाका लागि जागिर खुल्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ८३ जनाका लागि जागिर खुलाएको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले प्रशासन र प्राविधिक सेवाका विभिन्न पदमा खुला र समावेशी समूहमा जागिर खुलाएको हो ।

राष्ट्र बैंकका अनुसार सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा ४५ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा ६ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २ जना, प्रावधिकतर्फ सहायक निर्दशक (अधिकृत तृतीय) वाणिज्य कानूनमा ५ जना र सहायक (सहायक द्वितीय) प्रशासनमा २५ जनाका लागि जागिर खुलेको छ ।

उक्त पदहरुमा आज मंसिर २४ देखि पुस १५ गतेसम्म आवेदन दिन सकिने छ । त्यस्तै दोब्बर दस्तुर तिरी पुस २२ गतेसम्म अनलाइन फारम भर्न सकिने राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ । सहायक निर्देशकका लागि खुल्ला समूहका लागि १००० रुपैयाँ र समावेशी समूहमा थप ४०० रुपैयाँ परीक्षा दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

त्यस्तै सहायक पदका लागि खुला समूहको लागि ८०० रुपैयाँ लाग्ने छ भने समावेशी समूहका लागि थप ३०० रुपैयाँ परीक्षा दस्तुर लाग्ने छ ।

फारम अनलाइनमार्फत् भर्न सकिने छ । साथै परीक्षा दस्तुर पनि इसेवा, कनेक्ट आइपीएस र खल्तीबाट बुझाउन सकिने छ ।


क्लिकमान्डु