धितोपत्र बोर्डको सञ्चालकमा अञ्जन श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य बनेका छन् ।

यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि बोर्डबाट हटेका थिए ।

ढकालको ठाँउमा महासंघले श्रेष्ठलाई पठाएको छ । सदस्य श्रेष्ठ बिहीबारको बोर्ड बैठकमा सहभागी भएका छन् ।

श्रेष्ठ अहिले पनि साल्ट ट्रेडिङ कर्पोरेशनमा सञ्चालक छन् । सूचीकृत कम्पनीमा रहेको व्यक्ति बोर्डको सदस्य बन्दा स्वार्थ बाझिने भएकाले बोर्ड सदस्यमा जाने व्यक्ति कुनै पनि सूचीकृत कम्पनीमा आबद्ध नभएको हुनुलाई राम्रो मानिन्छ ।


क्लिकमान्डु