बैंकिङ क्षेत्र बिग्रिए अर्थतन्त्र बिग्रन्छः शंकर शर्मा



काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले बैंकिङ र फाइनान्स क्षेत्र बिग्रियो भने सम्पूर्ण अर्थतन्त्र बिग्रन समय नलाग्ने बताएका छन् ।

नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

पूर्वराजदूत समेत रहेका शर्माले सबैभन्दा सेन्सेटिभ क्षेत्र बैंकिङ भएको धारणा राखे ।

उनले नेपालले रिक्सबेस सुपरभिजनमा बैंक र राष्ट« बैंकबाट कमजोरी भएको भन्दै समय समयमा क्वालिटी अफ लेन्डिङको कुरा उठने, डिजिटल गरेको स्मरण गराए ।

बैंकिङ क्षेत्रमा साइबर सेक्युरीटीको बिषय कहिल्यै नसकिने भन्दै यसमा सुधार गर्दै जान सुझाव दिए ।

अहिले ७५३ मध्ये ७५० स्थानीय तहमा पुगेको भएपनि अहिले वित्तीय साक्षरता निकै कम रहेको जानकारी बताए ।

अहिले नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेको भएपनि विभिन्न असुुविधा रहेको उल्लेख गरे ।

‘बैंकिङ क्षेत्रमा सु्परभिजन राम्रोसँग गर्न नसकेको खण्डमा खराब कर्जा बढ्दै जान्छ’ उनले भने ‘यसतर्फ सधै सबैको ध्यान जान आवश्यक छ ।’

अहिले पहिलाको तुलनामा सुपरभिजन राम्रो भएको कारण खराब कर्जा घटेको भएपनि यतिले मात्रै नपुग्ने स्मरण गराए ।

राष्ट्र बैंकलाई जति नै स्वतन्त्र भनेपनि सरकारको दबाबका कारण केही कुरा कम्परमाइज गरेर राज्यको हितमा काम गर्न आवश्यक रहेको धारणा राखे ।

बैंकिङ क्षेत्रमा रिफर्म नसकिने र यो नयाँ नयाँ भर्सनको रुपमा आउने भएको भन्दै यसतर्फ चनाखो रहन सबैलाई आग्रह गरे ।

राष्ट्र बैंकको बोर्डमा सरकारको दबाब हुनुपर्ने हो की होइन भन्ने विषय सधै उठने र यसलाई सुधार गर्दै जान आवश्यक रहेको सुझाव दिए ।

कार्यक्रममा उनले नेपाल बैंक, कृषि विकास बैंक, वाणिज्य बैंक नीजि क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गर्नको लागि प्रविधि, सेवा, सुरक्षालगायतका विषयमा सुधार आवश्यक रहेको बताए ।


क्लिकमान्डु