गुराँस लघुवित्तको १७.७८ प्रतिशत लाभांश पारित



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजीको १६.९० प्रतिशत बोनस सेयर र ०.८८ प्रतिशत नगदसहित १७.७८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साथै आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आव २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव पारित गरेको छ
सभाले आव २०७८/७९ का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।

यस्तै संस्थापक समूह ‘क’ अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।


क्लिकमान्डु