मेगा बैंकले १२.०७ प्रतिशत लाभांश दिने



काठमाडौं । मेगा बैंकले सेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले गतवर्षको नाफा तथा रिजर्भमा रहेको पैसाबाट सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

अहिले मेगा बैंकको चुक्ता पूँजी १४ अर्ब ६५ करोड छ ।

बैंकले बोनस सेयर दिएपनि त्यसको लागि तिनुपर्ने कर भने सेयरधनी आफैले तिनुपर्ने हुन्छ । १२.०७ प्रतिशत बोनस सेयर दिएपछि बैंकको चुक्ता पूँजी १६ अर्ब ४१ कराे८ हुन्छ ।


क्लिकमान्डु