ग्लोबल आइएमई बैंकका ग्राहकले दराज ११ः११ मा १५% छुट पाउने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत् सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन् ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत् सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३ हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३ हजार ५०० रुपैयाँसम्म छुट पाउनेछन् ।


क्लिकमान्डु