सामलिङ पावर कम्पनीको शेयर बाँडफाँट आज, २२ लाखको हात खाली हुने



काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट आज शुक्रबार हुने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्ध नेपाल एसबीआई बैकिङका अनुसार विहान साढे ८ बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीले ७ लाख ३० हजार कित्ता आईपीओका लागि कात्तिक ४ देखि ८ गतेसम्म सर्वसाधरणका लागि आवेदन खुला गरेको थियो ।

जसमा २२ लाख ६५ हजार ६९८ आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताको लागि आवेदन हालेका थिए ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट हुँदैछ । ६७ हजार ८९० जनाले मात्र १० कित्ता सेयर पाउने छन् भने २२ लाख आवेदकको हात खालि हुनेछ ।


क्लिकमान्डु