मेगा बैंकको शाखा कपिलवस्तुको चन्द्रौटामा



काठमाडौं । मेगा बैंक नेपालले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ ।

मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबार सुरु गरिएको छ । यो बैंकको २०१ औं शाखा हो ।

बैंकले चालु आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।


क्लिकमान्डु