एनएमबि माइक्रोफाइनान्सले २२.६३ % लाभांश दिने



काठमाडौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

संस्थाको बिहिवार बसेको सन्चालक समितिले २२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।

कम्पनीको चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस सेयर र करसहित १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु