सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएकोमा बिहीबार ३ सय रुपैयाँ बढेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा बिहीबार २५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु