सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार १ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयाँ कायम भएकोमा आइतबार ९० हजार २ सय ५० रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएकोमा आइतबार ५ रुपैयाँ बढेर ११ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु