लुम्बिनी विकास बैंकले विभिन्न पदमा माग्यो कर्मचारी



काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले अफिसरमा १ जना र असिस्टेन्टमा २ जना कर्मचारीको माग गरेको हो ।

बैंकले अफिसर पद (सिनियर अफिसर/जुनियर अफिसर) पदका लागि स्नातक तहमा कम्यूटर साइन्स पढेको र दुई वर्षसम्मको इन्फर्मेशन सेक्युरिटी प्राक्टिसनर अथवा अडिटरलगायत अन्य विभिन्न क्षेत्रमा राम्रो अनुभव भएको हुनुपर्ने जनाएको छ । उक्त पदका लागि इच्छुक व्यक्तिको उमेर ४० वर्षभन्दा बढी ननाघेको हुनुपर्ने उल्लेख गरेको छ ।

त्यसैगरी, बैंकल असिस्टेन्ट पद (सुपरभाइजर/सिनियर असिस्टेन्ट/असिस्टेन्ट) का लागि आइटी, कम्प्यूटर विज्ञानमा स्नातक गरेको हुनुपर्ने जनाएको छ । साथै, २ वर्षको अनुभवसहित विभिन्न क्षेत्रमा राम्रो ज्ञान हुनुपर्ने उल्लेख गरेको छ । साथै, सो पदका लागि आवेदनको उमेर ३५ वर्षभन्दा बढी नभएको हुनुपर्नेछ ।

बैंकमा आवेदकहरूले आगामी कार्तिक ८ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु