मध्य भोटेकोशीको आइपीओ खुल्यो, १० कित्ता आवेदन दिए हुने



मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि प्राथमिक सेयर(आइपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

जसमा ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयरv कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सेयर सामूहिक लगानी कोषलाई दिएर बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।

बुधबार असोज २० देखि खुलेको आइपीओ असोज २५ सम्म सर्वसाधारणले किन्नको लागि आवेदन दिनसक्छन् । कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधित्तम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । आवेदन मेरो सेयर तथा आस्वा प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्था तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलमा गएर सेयर किन्न आवेदन दिन सकिन्छ ।

ठूलो रकमको आइपीओ भएपनि आइपीओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण हेर्दामा यसमा न्यूनतम १० कित्ता मात्र आवेदन दिदा हुने देखिन्छ । धितोपत्र बोर्डले बनाएको मापदण्ड अनुसार न्यूनतम १० कित्ता सेयर दिनुपर्छ ।

आवेदकको संख्या बढी भएमा १० कित्ता सेयरको लागि गोलाप्रथाबाट गर्नुपर्ने हुन्छ । सर्वसाधारणलाई बिक्री गर्न लागिएको ८१ लाख ९० हजारको कित्ताको हिसाबले ८ लाख १९ हजारले मात्र १० कित्ता सेयर पाउने हुन्छ । आवेदकको संख्या २० लाखभन्दा बढी हुने हुँदा १० कित्ताभन्दा बढी आवेदन दिनु पर्दैन ।

छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।


क्लिकमान्डु