सामसुङ फेस्टिभ अफर, किस्ताबन्दीमा मोबाइल किन्न पाइने



काठमाडौं । आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् ।

जसमा ९आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत् ९ जना भाग्यशाली विजेता बन्नेछन् ।

आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ । जसमा काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ ।

ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्य बराबरको गिफ्ट भाउचर जित्न सक्नेछन् ।
आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ । प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन् । ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामान खरिद गर्न सक्नेछन् ।

ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । ग्राहकले यी बैंकबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् ।

सामसुङको फेस्टिभ अफर कार्तिक १७, २०७८ सम्म लागू हुनेछ ।


क्लिकमान्डु