नेपाल ल्यूव आयलको ३५ प्रतिशत लाभांश पारित



काठमाडौं । नेपाल ल्यूब आयलले ३०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाले सेयरधनीलाई ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश सहित ३५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
साधारणसभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य सेयरधनीको उपस्थिती थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, ‘चालू आर्थिक वर्षभमा गत वर्षभन्दा बिक्री वितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौं ।’

उनले लुब्रिकेन्टसहित ब्याट्री र सोही प्रकृतिको सामान रिटेलरमार्फत् कारोबार हुने वस्तु टायरको समेत कारोवार गर्ने लक्ष्य लिएको बताए । जसअन्र्तगत ब्याट्रीको बिक्री शुरु भइसकेको उनको भनाइ छ ।


क्लिकमान्डु