नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई ११.२४ प्रतिशत बोनस सेयर तथा ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु