स्वाभिमान लघुवित्त वित्तीयले सेयरधनीलाई ३४% लाभाशं दिने



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्तापुँजीको ३२.३० प्रतिशत बोसन सेयर तथा १.७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु