ओमनसँग श्रम सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा



काठमाडौं । नेपाली युवाहरूको प्रमुख गन्तव्यमा रहेको ओमन सरकारसँग नेपाल सरकारले श्रम सम्झौता गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले ओमनसँग श्रम सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सरकारले २०७६ साउनमै श्रमिक आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा श्रम सम्झौता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । तर, प्रक्रिया पूरा भए पनि विविध कारणले गर्दा श्रम सम्झौता हुन सकेको थिएन । त्यसैले, सरकारले भने अहिले प्राथमिकतामा राखेर सम्झौता टुङ्ग्याउने भएको छ ।

गौतममा अनुसार सरकारले जीटुजीमार्फत् श्रम सम्झौता गरी इच्छाएको व्यक्ति रोजगारीमा जानेको व्यवस्था गर्ने भएको हो ।

‘सरकारले ओमनसँग श्रम सम्झौताको लागि सम्पूर्ण तयारी गरेर ओमन सरकारलाई पाठइसकेको छ,’ उनले भने, ‘ओमन सरकारले केही कार्यको कानूनी संशोधन गरेको थियो । त्यहीअनुसार नेपालबाट संशोधन गर्न आग्रह भएकाले संशोधन गरेर पठाइसकेको छ ।’

ओमन सरकारले उक्त पठाइएको पत्रको जवाफ आउने बित्तिकै मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गरेर सम्झौता गर्ने उनले जानकारी दिए । उक्त सम्झौता भएसँगै रोजगारी जाने श्रमिकहरूले सहज र व्यवस्थित ढङ्गबाट जान सक्ने बताए ।

त्यसैगरी, मन्त्रालयले दक्षिण कोरियासँग श्रम सम्झौता नवीकरण गर्ने भएको छ ।


क्लिकमान्डु