बजारमा पर्याप्त मात्रामा खाद्यान्न भएकाले दशैंतिहारमा कुनै अभाव हुँदैनः सरोकारवाला



काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा पर्याप्त मात्रामा खाद्यान्न भएकाले अभाव नहुने सरोकारवालाहरूले बताएका छन् । वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र नेपाल आयाल निगम लिमिटेडले संयुक्त रुपमा आयोजना गरेको बजार अनुगमन र सरोकारवालाहरूको भूमिकाबारे अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो बताएका हुन् ।

बजारमा विभिन्न हल्लाले पर्याप्त मात्रामा खाद्यान्न र अत्यवश्यक सामग्रीको अभाव भएको भन्दै कालोबजारी शुरू हुने गर्दछ । त्यसैले यो वर्षको दशैंमा कुनै पनि खाद्यान्नको अभाव नभएको सरोकारवालाहरूले स्पष्ट पारेका छन् । साथै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

हाल बजारमा उपलब्ध केही खाद्यान्नमा अभाव भएको भन्दै हल्ला फिजाएकाले त्यसमा कुनै सत्यता नरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले दाबी गरे ।

उनकाअनुसार उपभोक्तलाई अत्यवश्यक खाद्यान्न तेल र चिनीलगायतको अभाव भएको हल्लाले बजारमा मूल्य वृद्धि भएको सुन्नमा आएको छ । तर, वास्तविकता त्यसो नभएको दाबी गरे । साथै, बजारमा पर्याप्त मात्रामा चिनी उपलब्ध नभएको हल्लाले बजार आतङ्क बनाएको उनको भनाइ छ ।

‘हाल बजारमा चिनीको अभाव भएको हल्ला धेरै सुनिएको छ,’ उनले भने, ‘तर, सरकारसँग नभएपनि नीजिसँग पर्याप्त मात्रामा चिनी भएकाले वास्तविकतामा चिनी अभाव छैन ।’

उनले नेपालमा खपत, आयात र बजारमा मागको तथ्याङ्क बताउँदै अभाव नभएको उल्लेख गरे । गत वर्ष २ लाख १२ हजार मेट्रिक टन चिनी आयात भएको थियो । उद्योगीको चिनी उत्पादन १७० हजार मेट्रिक टन उत्पादन हुने रहेछ । उक्त आयात र उत्पादन जोड्दा ३५७ हजार मेट्रिक टन चिनी बजारमा रहेछ ।

नेपालमा चिनीको माग २५० मेट्रिक टन मात्रै रहेको भन्दै माग अनुसार बजारमा चिनीको अभाव नहुने दाबी गरे ।

त्यसैगरी, सरकारले चाडपर्वलक्षित विशेष अनुगमन शुरू गरेको बताए । बजारमा उपभोक्ता र व्यापारीलाई सँगसँगै लैजान निकै चुनौतीपूर्ण रहेको बताउँदै बढी कारोबार भएको समयमा सरकारलाई व्यवस्थित बनाउनका लागि संयुक्त रुपमा अनुगमन शुरु गरेको बताए ।

त्यस्तै, विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वको समयमा करिब वर्षमा व्यापार हुनेको ४० प्रतिशत यही दशैंतिहारमा हुने भएकाले तीव्र अनुगमन शुरु गरेको बताए । उनकाअनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न भएकाले बजारमा जुन हिसाबले मूल्य वृद्धि भएकोबारे हल्ला छ । तर, बजारमा मूल्य वृद्धि नरहेको दाबी गरे ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्र भण्डारीले बजारमा कुनै पनि खाद्यान्नको अभाव नहुने र ऐन विपरित कारोबार गरेमा कारबाही गर्नुपर्नेमा जोड दिए । उनकाअनुसार बजारमा राम्रो र नराम्रो दुबै प्रकारका व्यापारी भएकाले यसतर्फ सरकारले सबैलाई एकै नजरले हेर्न नहुने जिकिर गरे ।

त्यसैगरी, नेपाल नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले आफ्नो क्षेत्राधिकार पर्ने विभागकाले अनुगमन गरिरहेको बताए ।

नेपाल आयाल निगमका निर्देशक वीरेन्द्र गोयतले दशैंको अवधिमा कुनै पनि पेट्रोलियम पदार्थको अभाव नहुने जिकिर गरे ।

त्यस्तै, आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका उपभोक्ताकर्मीहरूले बजार अनुगमनमा तीब्रता दिई स्वच्छ र सघन बजारमा बनाउनुपर्नेमा जोड दिए । उनीहरुकाअनुसार हालको बजारमा अनुगमनले कुनै प्रभाव नरहेको भन्दै खुद्रा व्यापारभन्दा श्रोत अर्थात केन्द्रमै अनुगमन गर्नुपर्ने बताएका छन् । त्यससँगै, उपत्यकामा मात्रै नभएर देशभरका स्थानीय तहलाई जिम्मेवार बनाएर अनुगमन गरे बजारमा केही सुधार आउने उल्लेख गरेका छन् ।


क्लिकमान्डु