पोखरा महानगरपालिका प्रमुखका उम्मेदवारबाट मतदान



पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवारले मतदान गरेका छन् ।

नेपाली कांग्रेसबाट प्रमुखमा उम्मेदवार बनेका रामजी कुँवरले महानगरपालिका–६ पार्दीको अन्नपूर्ण आधारभूत विद्यालयको मतदान केन्दबाट मतदान गरे । नेकपाएमालेबाट उम्मेदवार मानबहादुर जिसीले महानगरपालिका–२८ जनज्योति माविको ‘ख’ मतदान केन्द्रबाट मतदान गरे ।

त्यस्तै राप्रपाबाट उम्मेदवार गीता गुरुङले महानगरपालिका–१३ को मतदान केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवार हुम गुरुङले महानगरपालिका– २६ को लक्ष्मी मावि मतदान केन्द्रबाट मतदान गरे । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले महानगरपालिका– २६ को भवानी कालिका माविको मतदान केन्द्र र व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले महानगर– ३३ शान्ति उदय माविको ‘ख’ मतदान केन्द्रबाट मतदान गरे । रासस


क्लिकमान्डु