नेपाल बंगलादेश क्यापिटलको साधारण सभा असोज १८ गते, १९% लाभांश दिने



काठमाडौं । नेपाल बंगलादेश क्यापिटलले असोज १८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने ३ करोड ८० लाख रुपैयाँ बराबरको लाभांश दिने भएको छ ।

कम्पनीले लाभांशमा लाग्ने कर सहित १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले काठमाडौंको नयाँवानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा साधारण सभा बोलाएको छ ।


क्लिकमान्डु