गभर्नरलाई फोन गरेर सेयर बढाउनुहोस र घटाउनुहोस भनेको छैनः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारबारे गभर्नरसँग भएको कुराकानी भएको विषयमा फेरि स्पष्टिकरण दिएका छन् ।

आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीलाई इंकित गर्दै भने, ‘उहाँ मेरो सल्लाहकार पनि हो, मेरो कुरा भइरहन्छ । तर सेयर बजारका विषयमा बढाउनुस र घटाउनुस भनेर भनेको छैन,’ उनले भने ।

अर्थमन्त्री शर्माले अहिले ४२ लाख जनताको लगानी पुँजी बजारमा भएको भन्दै त्यसको पनि रक्षा गर्नुपर्ने दायित्व भएको बताए ।

उनले पछिल्लो समय त्यहाँ भएको अनियमिताबारे छानबिन गर्नका लागि उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गरेको र अहिले छानबिन भइरहेको बताए ।


क्लिकमान्डु