सार्वजनिक संस्थानको आइपीओ जारी गरिने



काठमाडौं । सरकारको मातहतका रहेका सार्वजनिक संस्थानलाई आवश्यकता अनुसार कम्पनीमा मोडलमा रुपान्तरण गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक सार्वजनिक गर्दै घाटामा गइरहेका सरकारी संस्थानलाई आवश्यकता अनुसार कम्पनी मोडेलमा लैजाने व्यवस्था गरिएको बताए ।

उनले त्यस्ता कम्पनीहरुलाई आवश्यकता अनुसार आइपीओ जारी गरी पूँजी बजारमा सूचीकृत गरिने बताए ।

सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयकमा सार्वजनिक संस्थानको सुधारका लागि कम्पनी मोडलमा लैजाने र सेयर बजारमा प्रवेश गराउने नीति लिइएको छ । पूँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने नीति समेत प्रतिस्थापन विधेयकले लिएको छ ।

यस्तै, सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थानलाई आवश्यकताका आधारमा कम्पनीमा रुपान्तरण गर्ने र पूँजी बजारमा सूचीकृत गर्दै आत्मनिर्भर र लगानीको स्रोत जुटाउन समक्ष बनाउने नीति सरकारले लिएको छ ।


क्लिकमान्डु