क्यान्सर, मेरुदण्ड पक्षघात र मृगौला प्रत्यारोपणका बिरामीलाई मासिक ५ हजार भत्ता



काठमाडौं । सरकारले मृगौला प्रत्यारोपण गरेका सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि बिधेयक प्रस्तुत गर्दै उक्त व्यवस्था गरेका हुन् । यो २०७४ सालमै शेरबहादुर देउवाका पालामा ल्याइएको व्यवस्था हो । तर ओली नेतृत्वको सरकारले यो व्यवस्था हटाएको थियो ।

अर्थमन्त्री शर्माले राजनीतिक आन्दोलनका क्रममा मृत्यु हुनेका परिवारलाई समेत मासिक ३ हजार रुपैयाँ रकम उपलब्ध गराउने बताएका छन् । अब जनआन्दोलनका क्रममा मृत्यु भएका परिवारले समेत मासिक रुपमा उक्त रकम प्राप्त गर्नेछन् ।


क्लिकमान्डु