साधना लघुवित्तले सेयरधनीलाई २६.३२% लाभांश दिने



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको भदो २४ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमध्ये २५ प्रतिशत अर्थात् ५ करोड ४२ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको बोनस सेयर तथा १.३२ प्रतिशत अर्थात् ३३ लाख ८१ हजार ३२१ रुपैयाँ ०५ पैसा नगद लाभांश दिने घोषणा गरेको हो ।


क्लिकमान्डु