एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा, सुरक्षा व्यवस्था कडा



काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार ४ दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् । बिहीबार विहान कतारबाट उनी नेपाल आइपुगेकी हुन् । उनीसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आइपुगेका छन् ।

उनीहरु आएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ भने उनीहरु नक्सालस्थिर मेरियट होटलमा बसेका छन् ।

नेपालमा रहँदा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको छ ।

पछिल्लो समय नेपालमा एमसीसीका विरुद्ध आवाज उठिरहेका बेलामा उनको आगमन हुनुलाई गम्भीरताका साथ हेरिएको छ । साथै उनका विरुद्ध हुन सक्ने आन्दोलनलाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

करिब ५५ अर्ब रुपैयाँको सहयोगमा नेपालमा विद्युतीय प्रसारण लाइन र सडक निर्माणका लागि एमसीसीको सहयोग प्राप्त हुनेछ । तर त्यसका लागि संसदबाट अनुमोदन हुनुपर्नेमा राजनीतिक मतभेदका कारण हालसम्म संसदबाट अनुमोदन हुन सकेको छैन ।


क्लिकमान्डु