गभर्नरको राजीनामा माग गर्दै राजधानीमा बाइक र्‍याली



काठमाडौं । सेयर बजारमा भारी गिरावट देखिएपछि आन्दोलित लगानीकर्ताहरुले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बाइक र्‍याली आयोजना गरेका छन् ।

शंकरदेव कलेजबाट शुरु भएको र्‍याली बालुवाटारसम्म पुगेको थियो ।

राष्ट्र बैंकले पछिल्लो पटक मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जाको सीमामा लगाम लगाएपछि त्यसको असर सेयर बजारमा देखिएको थियो । ३२ सयको आँकडा छोएको नेप्से परिसूचक घटेर अहिले २८ सयको आसपासमा सीमित भएको छ ।

आइतबारको कारोबारमा नेगेटिभ सर्किट लागेर कारोबार नै बन्द गर्नु समेत परेको थियो । लगानीकर्ताका समूहले बुक बिल्डिङ विधिको समेत विरोध गरेका छन् । उनीहरुले १० कित्ते नीति मात्रै कार्यान्वयन हुनुपर्ने समेत माग गरेका छन् ।


क्लिकमान्डु