हिमालयन बैंकले पोखराको गौरीघाटमा शुरु गर्यो बिस्तारित काउन्टर



काठमाडौं । हिमालयन बैंक भदौ १० गते बिहीबारदेखि गौरीघाट, लेकसाइड, पोखरामा बिस्तारित काउन्टर सुविधा शुरु गरेको छ ।

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् ।

उक्त बिस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ । यसका साथै हाल बैंकको कुल शाखा संख्या ७१ र बिस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएमको संख्या १४६ र ५ हजारभन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।


क्लिकमान्डु