नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा तुलसीराम ढकाल



काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले ४ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । फोरमले १३औं, १४औं, १५औं र १६औं संयुक्त साधारण सभा सम्पन्न गरेको हो ।

फोरमले तुलसीराम ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसमा प्रथम उपाध्यक्षमा राजन लम्साल, द्वितीय उपाध्यक्षमा अञ्जिव तुलाधार चयन भएका छन् । त्यसैगरी महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतितलाल श्रेष्ठ, सिर्जना सुवेदी रहेका छन् ।


क्लिकमान्डु