मेगा म्युचुअल फण्ड-१ मा मागभन्दा बढी आवेदन



काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजना मेगा म्युचुअल फण्ड १ मा मागभन्दा बढी आवेदन परेको छ । प्रतिइकाई मूल्य १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई सार्वजनिक निष्काशन गरेको दुइदिनमा नै मागभन्दा बढी आवेदन प्राप्त भएको हो ।

चौथो दिनसम्ममा १ लाख ६३ हजार ६ सय ४६ आवेदकबाट करिब २० करोड १४ लाख ५५ हजार ६ सय बराबरको आवेदन परेको छ ।

जुन, बिक्रीका लागि माग गरिएको आवेदन रकमभन्दा २.३७ प्रतिशतले बढी हो । बैंकले १० करोड इकाईमध्ये बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई मेगा बैंकका लागि सुरक्षित राखेको थियो ।

मागभन्दा धेरै इकाईका लागि आवेदन परेकाले धितोपत्र बोर्डद्वारा जारी निर्र्देशिकाबमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाईहरु बाँडफाँट गरिनेछ ।


क्लिकमान्डु