नबिल बैंकले काभ्रेको पाँचखाल र पनौती नगरपालिकासँग सम्झाैता



काठमाडौं । नबिल बैंकले काभ्रेको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशिलता विकास र वित्तीय पहुँचका लागि सम्झौता गरेको छ ।

बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र पनौती नगरपालिकाका मेयर भिम न्यौपानेबीच सम्झौता भएको छ । साथै पाँचखाल नगरपालिका नबिल बैंक बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारबी सम्झौता भएको छ ।

साझेदारीमार्फत् नगरपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने छ । साथै, त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक वर्षमा सफलताका कथा सुन्न आतुर भएको बताए ।

त्यस्तै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे ।


क्लिकमान्डु