पेट्रोलियम सवारी चालक र सहचालकको पारिश्रमिक यकिन गरी भाडा शुत्रमा समायोजन गरिने



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम र ढुवानी व्यवसायी महासंघले चालक सहचालकको पारिश्रमिक यकिन गरी भाडा शुत्रमा समायोजन गर्ने भएको छ ।

निगम र महासंघले छलफल गरी विभिन्न कार्यमा सहमति जनाउँदै विरोधका कार्यक्रमहरू स्थगन गरी शुत्रमा समायोजन गर्ने भएको हो ।

निगमबाट गठन भइसकेको प्राविधिक कमिटिको प्रतिवेदनको आधारमा मर्मत सम्भार खर्च तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चहरु यकिन गरी भाडा शूत्रमा समायोजन गर्ने निगमले जनाएको छ ।

‘निगमबाट समायोजन हुन बाँकी वैधानिक खर्चहरू जस्तै नेपाल सरकारको राजश्व तथा शुल्क एवं भारत सरकारले लिने सडक दस्तुर, भारतको केन्द्रीय तथा प्रादेशिक सरकारका प्रवेश इजाजत शुल्क तथा राजस्व, नेपाल तथा भारततर्फ लाग्ने एकीकृत भन्सार जाँच चौकी शुल्क, टैंक ट्रकको परिमाण मापन शुल्क तथा खर्च बिस्फोटन प्रमाणपत्र शुल्क भाडा शुत्रमा समायोजन गर्नेछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विश्वव्यापी कोरोना महामारीको कारणबाट हवाई यातायातमा नकारात्मक प्रभाव गरी हवाई इन्धनको बिक्रीसमेत न्यून रहेको जनाएको छ । त्यसैले हवाई इन्धन ढुवानी गर्ने टैंक ट्रकहरूको सञ्चालन न्यून भई त्यसबाट पार्न गएको असरबारे ढुवानी व्यवसायीहरूसँग छलफल गरी समस्या समाधानका उपायहरू अबलम्बन गर्ने निगमको भनाइ छ ।


क्लिकमान्डु