वर्षदिनमा ९ खर्ब ६१ अर्ब बराबरको विप्रेषण भित्रियो



काठमाडौं । कोरोनाका कारण प्मुख श्रम गन्तव्यमा कामदारको माग कम भएपनि आर्थिक वर्ष ९ खर्ब ६१ अर्ब ५ करोड बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

आव २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४।७ प्रतिशतले घटेको थियो ।बैंकका अनुसार खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई १०७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु