नेप्से पुनः लयमा फर्कियो, नौ कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौँ । लगातार दुई दिन ओरालो लागेको सेयर बजारमा कारोबार मापक नेप्से बिहिबार १७.६० अङ्कले बढेर ३ हजार ९४.०५ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० बिन्दुले बढेर ५७१.३९ मा पुगेको छ । कूल २२३ कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूह मध्ये ५ उपसमूहको सेयर उकालो लागेको छ भने ८ उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ७.५९, व्यापार ११.३९, पनर्जीवन बीमा ५२.७४, उत्पादन २७.२९, अन्य ६, जीवन बीमा १५४.६४, सामूहिक लगानी कोष ०.०५ र लगानी ०.०९ बिन्दुले घटे । यस्तै, होटल तथा पर्यटन ११.५१, विकास बैंक २४१.६५, जलविद्युत् १६९.३७, वित्त १२०.२२ र लघुवित्त ३७.५७ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा बिहिबार अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९३ करोड ८४ लाख ४० हजार ९०० बराबरको कारोबार भयो । अरुण काबेली पावर ४५ करोड ६ लाख ७१ हजार, रिडी हाइड्रोपावर ३४ करोड ५६ लाख ३० हजार , महालक्ष्मी विकास बेंक ३१ करोड ७५ लाख ९२ हजार र कामना सेवा विकास बैंक २९ करोड ९५ लाख ३३ हजार ८६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, शिव श्री इन्भेस्टमेन्ट कम्पनी, गुह्श्वरी मर्चेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावर, जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो ।
यस्तै, गुडविल फाइनान्सको डिवेञ्चर ३.९५, सिटिजन म्युचुअल फण्ड ३.४४, लाइफ इन्स्योरेन्स कम्पनी ३.३३, शिवम् सिमेन्ट २.३० र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.२२ प्रतिशतले गुमाए ।


क्लिकमान्डु