गरिबी निवारण तथा सहकारीमन्त्री खड्काको सम्पत्तिः ९५ तोला सुनसहित १ करोड बढी रकम



काठमाडौं । गण्डकी प्रदेशका भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार खड्काले सम्पत्ति विवरण पेश गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीको सम्पत्ति विवरणमा मन्त्रीले आफ्नो नाममा जग्गा, पैसा र श्रीमतीको नाममा ९५ केजी सुन भएको विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री खड्काले आफ्नो नाममा रहेको पोखरा नगरपालिका १६ वडामा कित्ता नम्बर ५५ को ३८२.२ वर्गकिलोमिटर क्षेत्रफल जग्गा रहेको जनाएको छ । उक्त जग्गाको प्रातिको स्रोतमा पैतृक स्वआर्जन रहेको उल्लेख छ ।

सार्वजनिक विवरणमा मन्त्री खड्कासँग एभरेष्ट बैंकमा २० लाख ३३ हजार, अमरदीप सहकारीमा ६५ लाख र अन्य बैंकमा १५ लाख रुपैयाँ गरी एक करोड रकम आफूसँग रहेको जनाएको छ । उक्त रकम तलब, भत्ता, विदेशमा रहेको छोराबाट पठाइएको र जमिन बेचेर प्राप्त लाभांश रहेको जनाएको छ ।

खड्कको नाममा अमरदीप सहकारीमा ५१ लाख ५० हजार शेयर रकम र जन्मभूमि एजुकेशन फाउन्डेशनमा ५ लाख सेयरको रकम रहेको छ ।

त्यसैगरी मन्त्री खड्काको श्रीमती कमला खड्काको नाममा पनि उल्लेख्य सम्पत्ति रहेको विवरणमा छ । खड्कासँग पोखरा महानगरपालिकाका ३३ वडामा २२२.५३ वर्गमिटर क्षेत्रफल जग्गा, ९५ तोला सुन र ४२ लाखको फोर्डको गाडी रहेको विवरण सार्वजनिक गरेको छ । उक्त गाडीको खरिदको स्रोतमा पुरानो कार दिएरु बाँकी एनआईसी एसिया बैंकसँग अटो लोन लिएको उल्लेख छ ।

खड्काले उज्जवल खड्कालाई ६० लाख र हरिबहादुर थापालाई २५ लाख रुपैयाँ ऋण दिएको पनि विवरण उल्लेख गरेको छ ।


क्लिकमान्डु