कुलमानविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, फाइल मगायो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाए कुलमान घिसिङलाई नियुक्ती गरेको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको इजलासले माग बमोजिमको अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । तर नियुक्ती हुँदाको सक्कल फाइल भने मगाएको छ ।

अदालतले घिसिङलाई कार्यकारी पदमा नियुत्तः गर्दाको निर्णय र प्राधिकरणबाट जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदको नियुक्ति सम्बन्धी सक्कल फाइल मगाएको हो ।


क्लिकमान्डु