हितेन्द्रदेवले दायर गरेको कुलमान विरुद्धको रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको बेञ्चमा तोकिएको छ ।

शाक्यले आफ्नो सहमति बिना नै प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाइ घिसिङलाई नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । शाक्यले आफ्नो सहमति बिना नै आफूलाई जल तथा उर्जा आयोगमा पठाइएको दावी रिटमा गरेका छन् ।

उनले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूले राजीनामा नदिएको समेत रिटमा उल्लेख गरेका छन् ।


क्लिकमान्डु