सुनको मूल्य २ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९१ हजार १ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँ बढेर ११ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु