अफगानिस्तानसँग नेपालको व्यापार घाटा कति ?



काठमाडौं । अफगानिस्तानमा विद्रोही तालिवानले अफगानिस्तान सत्ता कब्जा गरेपछि विश्वभर चर्चाको विषय बनेको छ । विद्रोही तालिवानले विभिन्न प्रान्तसँगै राजधानी घेरेपछि त्यहाँका राष्ट्रपति असरफ घानीले राजीनामा दिई देश छाडी सकेको छ ।

तालिवानले सत्ता कब्जा गरेसँगै त्यहाँका नागरिक आफ्नो देश छाड्नका लागि एयरपोर्टलगायत विभिन्न स्थलमा तछाडमछाड गरिरहेको भिडियो सञ्चारमाध्यममा आइरहेको छ । यस्तै यस्तै अफगानिस्तानसँगको व्यापारिक सम्बन्ध तत्कालको लागि स्थगित गरेको छ ।

यसले गर्दा अफगाननिस्तानसँग नेपाल व्यापारको अवस्था कस्तो रहेको छ त ? भन्सार विभागको तथ्याङ्कअनुसार अफगानिस्तानसँगको व्यापार निकै नै कम रहेको छ ।

नेपालले १ सय ६१ देशसँग वैदेशिक व्यापार गरेको पाइन्छ । उक्त १ सय ६१ देशमा वैदेशिक व्यापार गर्दा अफगाननिस्तानको व्यापारघाटा लगभग नगन्य जस्तै रहेको छ ।

विभागको तथ्याङ्कले आर्थिक वर्ष २०७७/७८ मा अफगानिस्ताबाट ६८ लाख ८९ हजारको आयात गर्दा १२ हजारको मात्रै निर्यात गरेको छ । जुन नगन्य जस्तै हो । त्यसमा नेपालले ६८ लाख ७७ हजार व्यापार घाटा व्यहोरेको छ ।

सामान्यतया नेपालमा अफगानिस्ताबाट आयात हुनेमा ड्राई फ्रुट बढी आयात भएको देखाउँदछ । त्यसमा पनि सबैभन्दा बढी अन्जिर आयात भएको छ । अफगाननिस्तान गत वर्षमा २५ लाख २५ हजार मूल्य बराबरको ८ हजा ४ सय ४० केजी अन्जिर आयात गरेको छ ।

त्यस्तै नेपालले गत वर्ष उक्त देशबाट १३ लाख २८ हजार मूल्य बराबरको १ लाख फार्मेसीका सामान, १० लाख २३ हजार रुपैयाँ बराबरको ३४ सय २० केजी ड्राई अंगुर र ४ लाख ७९ हजार मूल्य बराबरको २ हजार केजी एप्रिकोट आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । त्यसैगरी, लत्ताकपडा लगायत अन्य विभिन्न कस्मेटिक्समा सामग्री आयात गरेको देखिन्छ ।

त्यस्तै नेपालबाट भने स्क्र्याब ट्वाइ, रोप, कोरडेजलगायत डोरी १२ हजार रुपैयाँ बराबरको ४१ केजी निर्यात गरेको छ । यसले गर्दा व्यापार घाटामा कुनै फरक नपर्ने सरोकारवालाहरूको भनाइ छ ।


पुष्प दुलाल