डिशहोम फाइबरनेट अब बनेपामा



काठमाडौं । डिसहोमले काभ्रेको बनेपामा फाइभरनेट बिस्तार गरेको छ । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी कम्पनीले पछिल्लो समय सेवा बिस्तारलाई बढाउने क्रममा बनेपामा समेत बिस्तार गरेको हो ।

हालसम्म कम्पनीले काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगरमा सेवा बिस्तार गरिसकेको छ ।

कम्पनीले निकट भविष्यमै पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, वीरगञ्जलगायत अन्य स्थानमा सेवा बिस्तार गर्ने लक्ष्य समेत लिएको छ ।


क्लिकमान्डु