उद्यमशीलता प्रबर्द्धनका लागि महासंघ र युवा उद्यमी मञ्चबीच सम्झाैता



काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप एण्ड इनोवेशन कमिटीबीच युवा उद्यमशीलताको क्षेत्रमा काम गर्नका लागि सम्झौता भएको छ ।

युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानका लागि एक साथ काम गर्न आपसी सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा महासंघका तर्फबाट रणजीत आचार्य काठमाडौं अध्यायकातर्फबाट अध्यक्ष निरज कर्माचार्य द्वारा प्रतिनिधित्व गरिएको थियो ।

नेपाली युवा उद्यमी मञ्च नेपालमा युवा उद्यमीहरुको एक शीर्ष निकाय हो । यो एक सदस्यता आधारित गैर नाफा मुलक संगठन हो ।

सकारात्मक व्यापार सोच र सशक्तिकरण को लक्ष सहित स्थापित यो संस्था, नेपाली युवाबीच विचार आदान प्रदान, फेलोशिप, शिक्षा, प्रशिक्षण र वकालतका माध्यमबाट उत्कृष्ट उद्यमीहरु सिर्जना गर्ने लक्ष्य लिँदै अगाडि बढेको छ । मञ्चले देशभित्रका सबै युवा उद्यमीहरुलाई एक साथ ल्याउन सहयोग पुर्याउँदै आएको छ ।


क्लिकमान्डु