बैंक अफ काठमाण्डूको कामू प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त



काठमाडौं । बैंक अफ काठमाण्डूको कामू प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।

यसअघि बैंकका सीइओ शोभनदेव पन्तको कार्यकाल भदौ १ गतेदेखि सकिएसँगै राजीनामा दिएका थिए ।


क्लिकमान्डु