नेपाल बङ्गलादेश बैंकको ९औं बिस्तारित सेवा केन्द्र पोखरामा शुरु



काठमाडौं । नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा–३० खुदी ढुंगेपाटनमा ९औँ बिस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ ।

उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका छन् ।

पोखरा महानगरपालिकामा खोलिएको यस बिस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९,३०,३१,३२ तथा ३३ मा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

उक्त बिस्तारित सेवा केन्द्र पोखरा बिश्वविद्यालय हाता नजिकै खोलिएकाले विश्वविद्यालयमा अध्ययनरत बिद्यार्र्थी तथा शिक्षकवर्ग पनि लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।

यस बिस्तारित सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बंंैकिङ्ग प्रणालीमार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरू सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सुविधाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

‘सबैका लागि बैंक’ भन्ने मूल उद्देश्यसहित स्थापनाको २७औँ वर्ष पूरा गरेको नेपाल बंगलादेश बैंकले आफ्ना १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु