श्वेत-गंगा हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल



काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको ३० प्रतिशतले हुन आउने रकम ४७ करोड ७९ लाख बराबर सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको ४७ लाख ७९ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई जारी गर्न लागेको हो ।

कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।


क्लिकमान्डु