राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो



काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आव २०७७/७८ मा ५ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा ७ अर्ब ५८ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ७ अर्ब ६ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

१८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड २१ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २ अर्ब ३७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १ अर्ब ९४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत २६ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु