ब्याज आम्दानी घटेपनि सनराइज बैंकको नाफा १६.३९%ले बढ्यो



काठमाडौं । आम्दानीको मुख्य स्रोत मानिएको ब्याज आम्दानी घटेपनि सनराइज बैंकले १६.३९ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३५ करोड थियो ।

बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ भने नेट फि तथा कमिशन आम्दानी ११.८३ प्रतिशत बढेको छ । बैंकले गतवर्ष ब्याज आम्दानीबाट ३ अर्ब ५२ करोड कमाएको छ भने कमिसनबाट ९६ करोड आर्जन गरेको छ ।

९ अर्ब ४८ करोड चुक्ता पूँजी रहेको सनराइज बैंकले सेयरधनीलाई वितरण गर्ने नाफा ६० करोड गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६८ पैसा छ । कर्जा निक्षेप अनुपात ८०.६२ प्रतिशत रहेको सनराइज बैंकको बेसरेट ६.७ प्रतिशत छ भने स्प्रेड ४.३ प्रतिशत छ ।
असार मसान्तसम्ममा सनराइज बैंकको निक्षेप १ खर्ब ६ अर्ब र कर्जा १ खर्ब ४ अर्ब रहेको छ ।


क्लिकमान्डु