नेपाल एसबिआई बैंकको नाफा ३८%ले घट्यो,एकवर्षमा निक्षेप ४ अर्बले घट्यो



काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले घटेको छ । भारतको सरकारी बैंक एसबिआईको मुख्य लगानी रहेको नेपाल एसबिआईले गत आर्थिक वर्षमा ९६ करोड रुपैयाँ नाफा गरेको छ ।

एसबिआई बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा बैंकको व्यवसाय समेत खस्केको देखिएको हो ।
एसबिआई बैंकको अघिल्लो वर्ष नाफा १ अर्ब ५४ करोड थियो ।

एसबिआई बैंकको ब्याज आम्दानी घटेको तथा नोक्सानी व्यवस्थाको लागि छुटउनुपर्ने रकम बढेको कारण नाफा घटेको हो । एकवर्षमा ब्याज आम्दानीमात्र १ अर्ब १६ करोडले घटेको छ । गतवर्ष एसबिआई बैंकले २ अर्ब ८६ करोड रुपैयाँ ब्याज आम्दानीबाट गरेको छ ।

९ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको एसबिआई बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा ३३ करोड ९२ लाख रुपैयाँ गरेको छ ।

एसबिआई बैंकको असार मसान्तसम्ममा निक्षेप १ खर्ब ४ अर्ब छ भने कर्जा ९६ अर्ब छ । अघिल्लो वर्षको असार मसान्तमा एसबिआई बैंकमा १ खर्ब १० अर्ब निक्षेप थियो भने कर्जा ८९ अर्ब थियो ।

पूँजीकोष अनुपात १३.९३ प्रतिशत रहेको एसबिआई बैंकको खराब कर्जा अनुपात ०.२३ प्रतिशत छ । यस्तै ७.३७ प्रतिशत बेसरेट रहेको एसबिआई बैंकको स्प्रेड ३.८७ प्रतिशत छ ।


क्लिकमान्डु